जानकारी
कुन शिक्षकले कति कर
तिर्नु पर्छ?
आ. व. २०७७/०७८ मा
विभिन्न तहका शिक्षकले तिर्नुपर्ने कर
१. मा. वि. राहत/करार शिक्षक
आम्दानी
वार्षिक तलबः(३७,९९० X १२
|
४,५५,८८०।–
|
चाडपर्व खर्चः
|
३५,९९०।-
|
पोषाक भत्ताः
|
१०,०००।-
|
जम्मा वार्षिक आम्दानी
|
५,०१,८७०।-
|
(क) अविवाहितले तिर्नुपर्ने कर
रु ४ लाख सम्मको १% का दरले
|
४,०००।-
|
रु ४ लाख देखि ५ लाख सम्मको थप १ लाखको १०%
|
१०,०००।-
|
रु ५ लाख माथिको थप रु १८७० को २०%
|
३७४।-
|
जम्मा वार्षिक कर
|
१४,३७४।-
|
मासिक कट्टी
गर्नुपर्ने/तिर्नुपर्ने कर
|
१,१९७।८३
|
(ख) विवाहितले तिर्नुपर्ने कर
रु ४ लाख ५०
हजार सम्मको १% का दरले
|
४,५००।-
|
रु ४ लाख ५० हजार माथिको थप रु ५१,७८० को १०%
|
५,१७८।-
|
जम्मा वार्षिक कर
|
९,६७८।-
|
मासिक कट्टी
गर्नुपर्ने/तिर्नुपर्ने कर
|
८०६।५०
|
२. मा. वि. तृतीय/नि.मा.वि. द्वितीय (०७७ साउन-०७७ चैत्र ३
ग्रेड खाने
र ०७८ बैशाख देखि ४
ग्रेड हुने) शिक्षक
आम्दानी
साउन-चैत्र त.भ.(३५९९०+३,६००+२०००+३९५९)X९
|
४,०९,९४१।-
|
०७८ बै.-अ. त.भ.(३५,९९०+४,८००+२०००+४०७९)X३
|
१,४०,६०७।-
|
बीमा थपः ((४००X१२)
|
४,८००।-।-
|
चाडपर्व खर्चः
|
३९,५९०।-
|
पोषाक भत्ताः
|
१०,०००।-
|
जम्मा वार्षिक आम्दानी
|
६,०४,९३८।-
|
कंसं.को. जम्मा हुने
रकम (७,९१८X९+८,१५८X३)
|
९५,७३६।-
|
बीमा जम्मा हुने रकम
|
९,६००।-
|
कर योग्य रकम (६,००,९७८-९५,१६०-९६००)
|
४,९९,६०२।-
|
(क) अविवाहितले तिर्नुपर्ने कर
रु ४ लाख सम्मको १% का दरले
|
४,०००।-
|
रु ४ लाख माथिको थप ९६,२१८ को १०%
|
९,९६०।२०
|
जम्मा वार्षिक कर
|
१३,९६०।२०
|
मासिक कट्टी
गर्नुपर्ने/तिर्नुपर्ने कर
|
१,१६३।३५
|
(ख) विवाहितले तिर्नुपर्ने कर
रु ४ लाख ५०
हजार सम्मको १% का दरले
|
४,५००।-
|
रु ४ लाख ५० हजार माथिको थप रु ४९,६०२ को १०%
|
४९६०।२०
|
जम्मा वार्षिक कर
|
९,४६०।२०
|
मासिक कट्टी
गर्नुपर्ने/तिर्नुपर्ने कर
|
७८८।३५
|
I am Jubhama kavreli, real name is Juju Bhai Manandhar. I was born in 1977 Dec 30. I live in Dhulikhel 5 Shreekhandapur. Professionally I am a mathematics teacher. I am currently serving as permanent mathematics secondary teacher in Shreekhandapur Secondary School. I am married to Rabu Pandey. Two kids, daughter Priscilla and son Spandan were born to me. I am also a spiritual leader in Galeed Church, Banepa Kavre.
(1) Math teacher (secondary level) @ Gyansarovar English Secondary School Banepa (Full time/Part time from 1998 May to 2014 September) 16 academic years + 5 months
(2) Math teacher (secondary level) @ Graceland Secondary School Sanga, Banepa (Part time from 2008 April to 2011 April) 3 Academic years
(3) Math teacher (secondary level) @ Golden Siddhartha Academy Dhulikhel-5,Shreekhandapur (Part time from 2010 April to 2011 April) 1 Academic year
(4) Math teacher (secondary level) @ ABM school, Banepa (Part time from 2011 April to 2014 April) 3 Academic years
(5) Permanent math teacher @ श्री सेतीदेवी मा. वि. Bhumlu-4 (From 2014 Sep 17 to 2019 Aug 04)
(6) Permanent math teacher @ श्री श्रीखण्डपुर माध्यमिक बिद्यालय Dhulikhel-5, Shreekhandapur (From 2019 Aug 05 to present)
(7) Also taught in some colleges before appointing permanantly including MBS at Gyankunj Shaikshik Pratishthan Banepa
Tresurer @ Galeed Church-गलेद मण्डली
Vice President @ गणित शिक्षक समाज काभ्रे-Mathematics Teachers Society
S.L.C. - Chaitanya Secondary School, Banepa Kavre (Government of Nepal)
Class 12 in Humanities - Kavre Multiple Campus, Banepa Kavre (H.S.E.B)
B.Ed. in Mathematics - Chaitanya Multiple Campus, Banepa Kavre (T.U.)
M.Ed. in Mathematics education - Mahendra Ratna Campus, Tahachal, Kathmandu (T.U.)
M.P.A - Private (T.U.)
M.A. political science pursuing private (T.U.)
म जुभामा काभ्रेली हुँ र मेरो वास्तविक नाम जुजु भाइ मानन्धर हो। म २०३४ पौष १५ गते जन्मेको हुँ। म धुलिखेल ५ श्रीखण्डपुरमा बस्छु। पेसाको हिसाबले म एकजना गणित शिक्षक हुँ। सरकारी स्थायी मा वि गणित शिक्षकको रुपमा हाल श्रीखण्डपुर मा वि धुलिखेल ५ मा सेवारत छु। मेरो विवाह रबु पाण्डेसँग भएको हो। मेरा दुईजना बालबच्चाहरु छोरी प्रिस्किला र छोरा स्पन्दन छन्। म स्थानिय गलेद मण्डली बनेपा काभ्रेको एकजना अगुवा पनि हुँ।
(1) Math teacher (secondary level) @ Gyansarovar English Secondary School Banepa (Full time/Part time from 1998 May to 2014 September) 16 academic years + 5 months
(2) Math teacher (secondary level) @ Graceland Secondary School Sanga, Banepa (Part time from 2008 April to 2011 April) 3 Academic years
(3) Math teacher (secondary level) @ Golden Siddhartha Academy Dhulikhel-5,Shreekhandapur (Part time from 2010 April to 2011 April) 1 Academic year
(4) Math teacher (secondary level) @ ABM school, Banepa (Part time from 2011 April to 2014 April) 3 Academic years
(5) Permanent math teacher @ श्री सेतीदेवी मा. वि. Bhumlu-4 (From 2014 Sep 17 to 2019 Aug 04)
(6) Permanent math teacher @ श्री श्रीखण्डपुर माध्यमिक बिद्यालय Dhulikhel-5, Shreekhandapur (From 2019 Aug 05 to present)
(7) Also taught in some colleges before appointing permanantly including MBS at Gyankunj Shaikshik Pratishthan Banepa
Tresurer @ Galeed Church-गलेद मण्डली
Vice President @ गणित शिक्षक समाज काभ्रे-Mathematics Teachers Society
S.L.C. - Chaitanya Secondary School, Banepa Kavre (Government of Nepal)
Class 12 in Humanities - Kavre Multiple Campus, Banepa Kavre (H.S.E.B)
B.Ed. in Mathematics - Chaitanya Multiple Campus, Banepa Kavre (T.U.)
M.Ed. in Mathematics education - Mahendra Ratna Campus, Tahachal, Kathmandu (T.U.)
M.P.A - Private (T.U.)
M.A. political science pursuing private (T.U.)
म जुभामा काभ्रेली हुँ र मेरो वास्तविक नाम जुजु भाइ मानन्धर हो। म २०३४ पौष १५ गते जन्मेको हुँ। म धुलिखेल ५ श्रीखण्डपुरमा बस्छु। पेसाको हिसाबले म एकजना गणित शिक्षक हुँ। सरकारी स्थायी मा वि गणित शिक्षकको रुपमा हाल श्रीखण्डपुर मा वि धुलिखेल ५ मा सेवारत छु। मेरो विवाह रबु पाण्डेसँग भएको हो। मेरा दुईजना बालबच्चाहरु छोरी प्रिस्किला र छोरा स्पन्दन छन्। म स्थानिय गलेद मण्डली बनेपा काभ्रेको एकजना अगुवा पनि हुँ।
यो देशमा के भइरहेछ?
नेताले यहाँ अपराधिलाई संरक्षण दिन्छ । प्रहरीले यहाँ गुन्डालाई साथ दिन्छ । सरकारले यहाँ भ्रष्टाचारीलाई प्रसय दिन्छ। नेताहरु झुटा भाषण गर्मा सीमित, मन्त्री गु खानमा व्यस्त, प्रशासन मुक दर्शक भएर बस्दैछ, शान्ति सुरक्षा कतै छैन, महँगीले जनताको ढाड सेकिएका छन्। न्याय पालिकालाई अपाङ्ग झैं बनाइदिएको छ। सहिदहरुको रगतको अवमुल्यन भएको छ, हो यस्तै छ देशको अवस्था, नेपालको अवस्था।
गजल बारे जानकारी
गजल के हो?---------
'गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अति घनिष्ठ सम्बन्ध
राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग
गरि लेखिने काव्य हो। आज आएर गजल हामी सबैसँग भिजिसकेको विधा हो । वास्तवमा गजल कस्तो
हुनुपर्दछ यसमा विद्वानहरुको आ—आफ्नै मान्यता भए पनि साझा मान्यताका रुपमा
निम्नकुराहरु अगाडि सारेका छन् । गजल सुकोमल शब्द र ह्दयस्पर्शी भावहरुको अभिव्यक्ति
हो ।गजलमा थोरै शब्दबाट धेरै, सुक्ष्म तथा गहन विषयवस्तुको प्रस्तुतीकरण हुनु पर्दछ ।गजलको एउटै शेर पनि गद्यविधाका
कयौ आलेखहरु भन्दा प्रभावकारी हुनु नै यसको विशेषता हो ।
गजल गाएको र वाचन गरेको सुन्दा जति मजा पढ्दा नआउन
सक्छ । ‘गजल’ शब्दको वास्तविक अर्थ अरबी भाषामा
स्त्रीसँगको कुराकानी वा अतिप्रिय सँगको वार्तालाप भन्ने बुझिन्छ ।गजलमा गाली पनि मिठो
शब्दले गर्न जान्नु पर्दछ ।गजल लयवद्ध हुनुपर्दछ र संगीत नै यसको विशेषता हो ।प्रत्येक
शेरहरु कलापक्षका दृष्टिलेपूर्णत स्वतन्त्र र स्वायत्त हुन्छन् साथै गजलमा शिर्षक हुनु
हुँदैन शिर्षक राखिन्छ भने त्यो कविता या गीत मात्र बन्दछ गजल हुन सक्दैन । ‘गजल’को उत्पत्ति फारस (Persia) बाट भएको हो जहाँ यसको बिजारोपण
१० औं शताब्दीमा भएको थियो। नेपाली साहित्यमा मोतीराम भट्टले सर्बप्रथम यस विधामा कलम
चलाएको साक्षि इतिहासले दिंदछ।
‘गजल’ का तत्वहरु सामान्यतया निम्नानुसार
हुन्छन्।
(क) शेर (ख) काफिया (ग) रदिफ (घ) मतला (ङ) मकता (च)
तखल्लुस (छ) वहर
शेर:------------
दुई दुई पङ्क्ती मिलाएर लयात्मक तरिकाले गजल लेख्ने
गरिन्छ र त्यहि दुई पङ्क्तीलाईनै गजलको शेर भन्ने गरिन्छ।
शेरको पहिलो पङ्क्तीलाई मिसरा-ए-उला र दोश्रो पङ्क्तीलाई
मिसरा-ए-सानी भनिन्छ।शेरको एउटा मिसरामा कम्तीमा पनि ६ अक्षर हुनै पर्दछ ।
सामान्यतया पूर्ण गजलमा ५ वटा शेर हुने गर्दछन् तर
यसको कुनै कडी-कडाऊ नियम नभएको हुनाले गजल रचना गर्दा कम्तिमा ३ वटा शेरदेखि जतिपनि
शेर लेख्न सकिन्छ। ५ वटा शेर भएको गजललाई आदर्श गजल मान्ने गरिन्छ । विषय वस्तु प्रस्तुतीका
दृष्टिले गजल मुलत दुई प्रकारका हुन्छन् ।
(क) मुसलसल गजल: एउटा गजलका सम्पूर्ण शेरहरुमा एउटै
विषयवस्तु प्रस्तुती भएकोछ भने त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ । जस्तै:
इ सानै उमेर देखि मन् हर्न लागे,
इनै सुन्दरीले जुलुम् गर्न लागे ।
कहाँसम्मको आँट लौ हेर तिन्को,
रिसाएर आँखा पनि तर्न लागे ।
एकैपल्ट आँखा घुमाई दिनाले,
कती मर्न लागे कती डर्न लागे ।
सुनिस् मन् मुनियाँ बडा होस राखेस्,
बिछाएर जाल् कागुनो छर्न लागे ।
बिराना र आफ्ना नराम्रा र राम्रा,
सबै सुन्दरीका अघि सर्न लागे ।
अघि पर्न सक्दीनँ मैले हरीका,
नजर्देखि मोति पनि झर्न लागे ।
मोतिराम भट्टद्वारा रचित यो गजलका सबै शेरहरुले एक
सुन्दरीका बारेमा वर्णन गरेका हुँदा यो मुसलसल गजल हो ।
(ख) गैरमुसलसल गजलः एउटा गजलका शेरहरुले विविध विषयवस्तुलाई
समेटेका छन् भने यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ । जस्तै:
प्रेयसीको पत्र आयो विरहकै भारी देखें ।
फर्किएर देश हेरे झनै हाहाकारी देखें ।
सत्य कुरा नस्वीकार्ने समाजका अगुवा रे,
मुख भित्र रामराम वगलीमा आरी देखें ।
हनुमानका गुणहरु युद्धसँगै हराएछन्,
राज गर्दै ढेडुहरु लंका वारिपारि देखें ।
पाडो पाडी जे पावस भतुवालाई विगौति हो,
मालिक सामु कुकुर भन्दा मान्छे वफादारी देखें ।
चंगुलमा कविलाई चक्र जस्तै घुमाउने,
स्वार्थीको यो दुनियाँमा साह्रै मारामारी देखें ।
कविजी
यो गजलका प्रत्येक शेरहरुले भिन्ना भिन्नै विषयवस्तु
बारे बोलेका छन् । त्यसैले यो गैरमुसलसल गजल हो ।
२ काफिया:----------
समस्वरात्मक रुपमा रदिफ भन्दा ठिक अगाडि वारम्वार
आऊने अन्यानुप्रास शव्दनै काफिया हो । काफिया शव्दको अर्थ अरवी भाषामा पनि 'वारम्वार आऊने' नै हुन्छ र हामीले यो बुझ्नु आवश्यक
छ कि गजल् विधा फारस, अरब, हिन्दुस्तान हुदै नेपालमा
भित्रिएको बिधा हो।तसर्थ अरबी भाषामा 'वारम्वार आऊने' वा काफिया गजलको त्यो तत्व हो जुन तत्व बिना गजल अधुरो हुन्छ,गजल भन्ने बिधाको अलग्गै पहिचान
हुँदैन, अर्थात काफियानै गजलको
मुटु हो । गजल बिधा भनेर छुट्ट्याउने माध्यम हो । गजलमा काफिया दोहोरिनु हुँदैन।
काफियालाई सामान्यतया ४ प्रकारले छुट्ट्याऊन सकिन्छ।
(क) पूर्ण काफिया
(ख) अंशिक काफिया
(ग) एकाक्षरी काफिया
(घ) मिलित काफिया
(क) पूर्ण काफिया:
पूर्ण काफिया भन्नाले सिङ्गो शव्दनै काफियाको रुपमा
आएको छ भने त्यस्तो काफियालाई पूर्ण काफिया भनिन्छ। जस्तै: (रात, जात, खात, हात, मात), (रीत,धीत, शीत, मीत, जित), (तोड्नु, मोड्नु, जोड्नु, छोड्नु, फोड्नु),(झर्दैछन्, मर्दैछन्, सर्दैछन्, गर्दैछ्न्, छर्दैछन्, तर्दैछन्) इत्यादी,
पूर्ण काफिया प्रयोग गरिएर लेखिएको जुभामा काभ्रेलीको
गजलको एउटा उदाहरण हेरौं
भन्नेले के के भने यहाँ किन दु:खी हुन्छ्यौ प्यारी?
ऐरे गैरेका वातहरु किन तिमी सुन्छ्यौ प्यारी?
साँच्नुपर्छ आँसु पनि बाँच्नलाई यो जिन्दगीमा
मोतीका दाना झारि झारि किन मुख धुन्छ्यौ प्यारी?
सकस हुन्छ दुनियाँका वातहरु सुन्नुपर्दा
धैर्य गरेर पर्खि बस किन कुरा गुन्छ्यौ प्यारी?
जुनेली रातमा गर्या बाचा मैले कहाँ भुल्या छु र
डोली ल्याउँछ ‘जुभामा’ले किन त्यसै रुन्छ्यौ प्यारी?
(ख) आंशिक/शब्दांश काफिया:
कुनै शब्द भित्रको अंशमात्र काफियाको रुपमा आएको छ
भने त्यस्तो काफियालाई आंशिक वा शब्दांश काफिया भनिन्छ । जस्तै: प्रहार,संसार,बिचार, उपकार, अवतार, इत्यादी ।
उपरोक्त शब्दहरुमा क्रमश: हार, सार,चार, कार, तार, ले काफियाको रुपमा काम गरेको छ
भने प्रहारको "प्र" संसारको "स" बिचारको "बि" सरोकारको
"सरो" अवतारको “अव” र उपकारको "उप"
ले काफियाको काम गर्दैनन् । यहाँ पूर्ण शब्दको केहि अंशले मात्र काफियाको काम गरेको
देख्न सकिन्छ। तसर्थ यस्ता काफियालाई आंशिक वा शब्दांश काफिया भनिएको हो।
आंशिक वा शव्दांश काफियाको एउटा उदाहरण:
वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु
तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु
आसन छ तरवारको देखेको छु आफूलेनै
वाध्य भई खुकुरिको यो धारमा बसेको छु
पराईको घरमा छु आफन्त त टाढा भए
ठुलै सङ्कटमा छु म जंघारमा बसेको छु
शहरमा बसेको छु भन्ने सोच्दै थिए तर
थाहा भयो मान्छे किन्ने बजारमा बसेको छु
साहुनीको भट्टीजस्तो सानो ठाउमा हैन आज
महलभन्दा ठुलो यो कारागारमा बसेको छु
साभार: पदम गौतम (एकलाशको फूल)
(ग)एकाक्षरी
काफिया भन्नाले काफियाको रुपमा एउटा अक्षर मात्र आउने वा आंशिक शव्दको अन्तमा काफियाको
रुपमा आउने एउटा अक्षरलाई एकाक्षरी काफिया भनिन्छ। सामान्यतया गजलमा एकाक्षरी काफिया
प्रयोग गर्नु राम्रो मानिन्दैन तर पनि कतिपय गजलकारले प्रयोगको रुपमा वा विचलनको रुपमा
एकाक्षरी काफिया प्रयोग गरेको पाइन्छ। जस्तै: खुसी, नदी, चरी, मसी, जिन्दगी, कवि, बुढी, आदिका 'सी','दी','री','गी','ढी' आदि एकाक्षरी काफिया हुन् । सकेसम्म
एकाक्षरी काफिया प्रयोग गरि गजल नलेख्नु नै राम्रो हुन्छ।
एकाक्षरी काफिया प्रयोग गरिएको गजलको पनि एउटा उदाहरण
हेरी हालौं ।
व्यथै व्यथा छ मनभरी खुसी खोजूँ कतातिर
साउन भदौ छ गहभरी नदी खोजूँ कतातिर
आरु फुल्यो वगैंचामा,पीडा फुल्यो मुटुभरि
चरो परेछ जालमा चरी खोजूँ कतातिर
मुटु चिरी बनाउँ कि रातो रगतको मसी
मेरो कथा लेखूँ कहाँ,मसी खोजूँ कतातिर
आगोपनि छ छातीमा,हुरी पनि छ छातीमा
चट्टानझैं अडिग जिन्दगी खोजूँ कतातिर
यो भीडमा हरायो कि,त्यो पीरमा हरायो कि
त्यो मेघ जस्तै गर्जने रवि खोजूँ कतातिर
साभार: रवि प्राञ्जल (उही बाढी उही भेल)
माथिको उदहरणमा 'सी','दी','री','गी','वि' आदि एकाक्षरी काफिया हुन् ।
'घ' मिलित काफिया: पूर्ण काफिया वा
आंशिक काफियासंग मेल खाने गरी समस्वरात्मक रुपमा दुई वटा शव्द आएको छन् भने त्यस्तो
काफियालाई मिलित काफिया भन्ने गरिन्छ।
जस्तै: वनी, दन्दनी, फन्फनी, हुन्छ नी, खनी आदि मिलित काफिया हुन्।
मिलित काफियाको पनि एउटा उदाहरण तल हेरौं
तिमिलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचन वाणले नहिर्काउ यति सारो कठोर वनी
जव अलिकति शीतल अनुभूति गर्न थाल्छु
तिमी दावानल दन्किदिन्छौ म भित्र दन्दनी
थोरै मात्र भए पनि खुला राख दिल साथी
दयामाया भन्ने कुरा मान्छे भित्रै त हुन्छ नी
आऊ यात्रा गर्न सिक मानवीय धरातलमा
के पाउँछौ कसैलाई फसाउने खाडल खनी
उहि नाग,उनि सर्प,फरक मात्र सोचाइमा
कसैका हो बुध तिमी,मेरो लागि भयौ शनि
माथि माथि खुट्टा देख्छु तल तिर टेक्नै छाड्यौ
इमानको सौदा गरी बन्दै छौ कि महाधनी
साभार: डा. घनश्याम परिश्रमी (जून चुहेको रात)
माथिको गजलमा काफिया बनेर आएका 'पनि', 'बनी', 'दन्दनी', 'हुन्छ नी', 'शनि', 'खनी' र 'महाधनी' मिलित काफियाको राम्रो उदाहरण मान्न सकिन्छ।
यसरी गजल विधाको तत्वहरु अन्तर्गत पर्ने काफियाको
बिभिन्न स्वरुपहरुवारे चर्चा पछि अव रदिफ को पनि केही चर्चा गरौँ।
रदिफ:-----------
गजल निर्माण प्रकियामा गजलको श्रुतिमधुरता,सौन्दर्य र एउटा छुट्टैपना वा
पहिचानको निम्ति काफियापछि निरन्तर दोहोरिएर आउने पद वा पदावलीलाई रदिफ भनिन्छ। यो
पनि अरबी शब्द हो यसको अर्थ अनुगामी हुन्छ । मतलाका दुवै मिसरा र अन्य शेरहरुका मिसरा
ए सानीको अन्तमा प्रयोग हुने उही पद वा पदावलीलाई रदिफ भनिन्छ । गजललाई साँगीतिक बनाउनु
वा अलग्गै विधा भनेर छुट्ट्याउने कार्यको लागि रदिफको महत्व पनि कम आँक्न मिल्दैन।
अझ कुनै कुनै गजल विद्वानहरुले काफिया भन्दा पनि रदिफलाई बढी महत्व दिएर लेखेको पाइन्छ,त्यसैगरी हामीले पढ्ने,लेख्ने,सुन्ने वा गाइने गजलहरुमध्ये अधिकांश
गजलहरुमा रदिफको प्रयोगले पनि रदिफको महत्व बुझ्न सकिन्छ। यति हुँदा हुदै पनि रदिफ
बिनाका गजल पनि पर्याप्त मात्रामा भेटिन्छन्। कारण यो गजलको अनिवार्य तत्व भने मानिंदैन।
गजलविधामा रदिफयुक्त गजललाई मुरद्दफ गजल र बिना रदिफका
गजललाई गैरमुरद्दफ गजल भन्ने गरिन्छ।जस्तै: जुभामा काभ्रेलीको प्रस्तुत गजलमा रदिफको
रुपमा पाईंदैन अरे भएकोले यो मुरद्दफ गजल हो।
गरिबको झोपडीमा अन्न पाईंदैन अरे
सधै आधा पेट खायो टन्न पाईंदैन अरे
लोकतन्त्र गणतन्त्र देशमा आइ सक्या छ
होच्याएर नाथे गरिब भन्न पाईंदैन अरे
मिर्मिरेमा घर छोड्यो साँझ फिर्दा रित्तो हात
सयका भन्दा ठूलो नोट गन्न पाईंदैन अरे
धनीहरु माथि हुने संसारको रीत नै हो
गरिबहरु ठूला मान्छे बन्न पाईंदैन अरे
धनीहरु सुन यहाँ गरिब पनि मान्छे नै हो
जिउँदै पुर्ने खाल्डाहरु खन्न पाईंदैन अरे
त्यस्तै तलको गजलमा रदिफ छैन अत: यो गैरमुरद्दफ गजल
हो।
सपना नि के के देखें चितामाथि हाँसीरा'थें
रुँदै थिए आफ्नाहरु मचैं फेरि नाचिरा'थें
हरे ! बास बैकुण्ठको राम नाम सत्य भने
लाश देखे अरुलेचैं मचैं फेरि बाँचिरा'थें
आँशु पुछ्तै बिदा दिए हामी घर फक्र्यौं भने
माया मारे सबैले नै मचैं प्रेम साँचिरा'थें
दानी मान्छे भन्या सुनें कस्तो नामी पनि भने
लिनु पर्ने कति भनी मचैं औंला भाँचिरा'थें
राजेन्द्र मल्ल
साभार: प्रतिध्वनी बर्ष १ अंक १ सन् २०११
त्यसैगरी शव्दसंरचनाको आधारमा रदिफलाई तीन तरिकाले
विभाजन गर्न सकिन्छ।
१.पदमूलक रदिफ
२.पदावलीमूलक रदिफ
३.वाक्यात्मक रदिफ
क्रमश: ---------
(क)पदमूलक रदिफ:
रदिफको रुपमा एउटामात्र शव्द आएमा त्यो पदमूलक रदिफ
हुन्छ।
जस्तै:
उनीसँग ला'को माया आज चोखो प्रीत भयो
उनीसँग ला'को माया आज चोखो प्रीत भयो
नजरमै माया बस्दा आज तिम्रो हित भयो
ईश्वरले ठान्नुभयो एक्लो भन्दा दुई राम्रो
जीवन साथी खोजिने सँसारको रीत भयो
तिम्रो जोडी विर्सिएन सृष्टि गर्दा ईश्वरले
यति राम्रो सँगि पायौ आज तिम्रो जित भयो
दुई आत्मा एक भयो मृत्यु सम्म साथ दिन
एक्लो थियौ अघि सम्म अब त्यो अतीत भयो
तिमी हामी सबै खुशी खुशीको यो औसरमा
तिमीलाई बधाई दिने मेरो यो धीत भयो
जुभामा काभ्रेलीको उपरोक्त गजलमा रदिफको रुपमा केवल
"भयो" शव्दमात्र अर्थात एउटा शव्द मात्र आएको छ तसर्थ यस्तो गजललाई मुरद्दफ
गजलको रदिफ अन्तर्गत पदमूलक रदिफमा राख्न सकिन्छ।
(ख)पदावलीमूलक रदिफ:
गजलमा यदि दुई वा दुई भन्दा बढी शव्द रदिफको रुपमा
आएको छ भने त्यस्तो रदिफलाई पदावलीमूलक रदिफ भन्ने गरिन्छ।
उदाहरणको लागि वियोगी बुढाथोकीको एउटा गजल हेरौं।
भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ
फुल्न नपाई मनको फूल झरे जस्तो छ
वालुवाझैं सुख्खा थियो मनको मझेरी
कालो मैलो वादल वर्षा टरे जस्तो छ
दन्किएको वैंसको आगो सल्काऊ कसरी
उमेरको यो इच्छा-शक्ति मरे जस्तो छ
नदेखिईनै मनको घाउ दुख्छ जसरी
भन्न हुन्न प्रेमको जालमा परे जस्तो छ
साँच्चै तिम्रा आँखा सागर मोती तिम्रा दन्त
बाडुलीमा परें मेरै कुरा गरे जस्तो छ
साभार: वियोगी बुढाथोकी(गजल तिम्रो नाम होइन)
यो गजलमा प्रस्तुत रदिफ "जस्तो छ" दुई शव्द
मिलेर बनेको छ,यस अर्थमा यस गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदावलीमूलक रदिफ भित्र रहेको
बुझ्न सकिन्छ।
(ग)वाक्यात्मक रदिफ:गजलमा रदिफको रुपमा पुरै वाक्यनै
आएको छ भने त्यस्तो रदिफलाई वाक्यात्मक रदिफ भनेर चिनिन्छ।
वाक्यात्मक रदिफको उदाहरणको रुपमा मिजास तेम्बेको
एउटा गजल:
निम्तो थियो आउनु भएन,हजुरको ढोकासम्म आएँ
यौटै पत्र पाउनु भएन, हजुरको ढोकासम्म आएँ
मुखमा राम राम,बगलीमा छुरा भन्छन्
कैले मनमा छाउनु भएन,हजुरको ढोका सम्म आएँ
यता आयो यतै ठिक्क,उता गयो उतै ठिक्क
चोखो माया लाउनु भएन,हजुरको ढोका सम्म आएँ
आफैं बोक्सी आफैं धामी,कस्तो चाला हो यो
कतै पनि धाउनु भएन,हजुरको ढोका सम्म आएँ
काग कराउदै गर्छ,पिना सुक्दै गर्छ
जीवनको गीत गाउनु भएन,हजुरको ढोका सम्म आएँ
मतला:
गजलको प्रत्येक दुई पङ्क्तिलाई शेर भनिन्छ,शेरको पहिलो पङ्क्तिलाई मिसरा-ए-उला
र दोश्रो पङ्क्ति लाई मिसरा ए-सानी भन्ने गरिन्छ। मत्लाको शाब्दिक अर्थ “आरम्भ” वा शुरुवात भन्ने हुन्छ, अत:कुनै पनि गजलको प्रारम्भको
शेरलाई भने मतला भनिन्छ अर्थात गजलको सुरुवाती शेरलाई मतला भनेर चिनिन्छ। मतलाको दुवै
मिसरामा काफिया हुनु अति आवश्यक हुन्छ,अन्यथा त्यो मतला नभएर शेर मात्र बन्न जान्छ तसर्थ कम्तिमा दुवै मिसरामा काफिया
हुनु भने जरुरीनै हुन्छ । यदि गजल मुरद्दफ छ भने काफिया संगै रदिफ पनि आउने गर्दछ र
गजल गैरमुरद्दफ छ भने काफिया मात्रै भए पनि मतला भने बन्न सक्दछ ।
कुनै कुनै गजलकारले एउटा मात्र नभई दुई दुई वटा मतला
सिर्जना गर्दछन्,यसरी दुई दुई वटा मतला आएमा पहिलो मतलालाई मतला-ए-उला र दोश्रो मतलालाई मतला-ए-सानी
वा हुस्ने-मतला भन्ने गरिन्छ।
मतलाका केहि उदाहरणहरु:
क) कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ
समयले जवानी यो लुटेपछि आयौ
ख) न बिर्सें तिमीलाई न पाएँ तिमीलाई
बिना अर्थ
दिलमा सजाएँ तिमीलाई
जुभामा काभ्रेलीद्वारा रचित
ग) पापी पेट पाल्नलाई गाँस खोजि रै’छु
आफ्नै लास
बोक्नलाई बाँस खोजि रै’छु
घ) मध्यरातमा बुढीआमा कराउँछिन् त्यसै त्यसै
ठूलो आवाज
सुन्नै हुन्न डराउँछिन् त्यसै त्यसै
५. मकता
गजलको अन्तिम शेरालाई मकता भनिन्छ यो पनि अरबी शब्द हो । यस शब्दले समाप्ति वा काटिएको
भन्ने अर्थ बुझाउँछ ।
यसलाई आखिरी
शेर पनि भनिन्छ । नेपालीमा यसलाई अन्तिम शेर नाम दिईएको छ ।
६. तखल्लुस
तखल्लुस भनेको कविको छोटो नाम वा उपनाम हो । गजल सिद्धान्तका
केही व्याख्याताहरुलेतखल्लुस प्रयोग नभएको शेरलाई मक्ता भन्न मिल्दैन पनि भनेका छन
तर यो भनाइयुक्तिसंगत छैन् । गजलमा गजलकारले तखल्लुस प्रयोग गर्न पनि सक्छ नगर्न पनि सक्छ ।तखल्लुस प्रयोग भएको
मक्ताको यो शेर:
अहो कस्तरी छाती छल्क्यो हरिको ।
जसै मोति माला झुलाएर आए । (मोतिराम
भट्ट)
७. बहर
बहर गजलको
सर्वोच्च अनुशासन हो । बहर भनेको छन्द हो । कुनै न कुनै छन्दमा बन्धितहुनु गजलको शास्त्रिय
मान्यता हो । संस्कृत वाङ्मयमा अनेकानेक वार्णिक र मात्रिकपिङ्गल छन्दहरु भए झै इस्लामिक
काव्यशास्त्रमा पनि वर्णमात्रामा आधारित अनेकशास्त्रिय बहरहरु छन् ।गजल लेखनमा केही
नेपाली शैलीका लयहरु पनि निकै प्रचलनमाआएका छन्।यस्ता बहरहरु उच्चार्थ अक्षरमा आधारित
हुन्छन् ।वास्तवमा लययुक्तउच्चार्थ अक्षरको एक रुपता आफैमा एक प्रकारको छन्द हो तर
अक्षरको संख्या भने एउटै हुनुपर्दछ र नै सुन्दर लयको सृजना हुन्छ भन्ने केही विद्वानहरुको
मान्यता छ भने कसै कसैलेलय मिल्नु पर्छ मात्रा नै सबैथोक हैन भन्ने पनि गरेको पाईन्छ
। जस्तै:
च्यातिएर धुजाधुजा भएको छ जिन्दगी ।
बेठेगान कताकता बगेको छ जिन्दगी ।
गजलकार ललिजन रावलद्वारा लिखित गजलको यो शेरमा १५
अक्षर छन् ।
खाने र तोड्ने कसम अनौठो ।
कसलाई लाग्छ यो कम अनौठो ।
रमेश हरिलठ्ठकद्वारा लिखित गजलको यो शेरमा ११/११ अक्षर
छन् ।
अन्तमा; गजलका गुण र दोषहरुका बारेमा छोटकरीमा
चर्चा गरौ ।
• गजलको शेरमा जुन भाव वा विचार अभिव्यक्त गरिएको हुन्छ त्यो स्पष्ट हुनपर्दछ ।गजलमा
अर्थ या भावलाइ असर गर्ने र अभिव्यक्ति गर्न
असजिलो लाग्ने शब्दहरुप्रयोग गर्न हुँदैन ।
• गजलका शेरहरु विचार र भावले परिपक्क हुनु पर्दछ ।
• गजलका शेरहरु अर्थपूर्ण हुनुपर्दछ अर्थ पूर्ण नभएको गजल राम्रो मानिदैन ।
• गजलको पहिलो मिसराले जुन विषयवस्तुको उपस्थान गर्दछ त्यसलाईप्रमाणित वा पुष्टि
गर्ने काम दोश्रो मिसराले गर्नु पर्दछ ।
• गेयता गजलको पहिलो सर्त हो । गेयगुण विनाको गजल प्राण बिनाको शरीरजस्तै हो । गजलकारले
गजल लेख्नु पूर्व कुनै न कुनै लयलाई आत्मसात गर्न र त्यही लयमा गुनगुनाउँदै गजल रचना
गर्न आवश्यक हुन्छ ।
• गजल थोरैमा धेरै भनिने विधा हो । गजलका शेरहरुमाका थोरै भन्दाथोरै शब्दहरुले धेरै
भन्दा धेरै कुराहर भन्न सक्नु पर्दछ । उखान टुक्काको समुचित प्रयोग,प्रतिक र विम्बहरुको प्रयोग प्रतिकात्मकता
साथै सुकोमल र ह्दयस्पर्शी शब्दहरु र भावलेसजिएको गजललाई राम्रो मान्ने गरिन्छ । यी
असल गजलका गुणहरु हुन । गजलमा अष्पस्टता हुनु हुँदैन । भन्न खोजेको कुरा पुरा भएन भने
त्यो राम्रो गजलमा पर्दैन । गजलकाशेरहरु सरल र सहजबोध्य हुनु पर्छ बुझ्न नसकिने खालको
भावले गजलको मर्मलाई प्रभावपार्ने हुँदा यस्तो दुरुहता हुनेखालको हुनुहुँदैन । गजलका
शेरहरु अपूर्ण हुनु हुँदैन भन्न खोजेकोकुरा पूर्ण हुनु पर्दछ । गजलको शेरमा प्रयोग
हुने शब्दहरुलाई व्याकरण विरुद्ध तोडमोड गरिनुहुन्न । गजलको शेरमा असभ्य, अश्लील, नग्नतापूर्ण, कामुक, गुप्ताङ्ग र तिनको कार्यसम्बन्धी
अशिक्षित समुदायले गर्ने कथ्य शब्दहरुको प्रयोग गर्नु हुँदैन । गजलको शेरमा आवश्यक
भन्दा बढी शब्दहरु प्रयोग भएमा तथा शब्दको अभाव महशुस भएमा विक्षेपनामको दोष उत्पन्न
हुन्छ । गजलका शेरहरुमा कोमल शब्दहरुको प्रयोग।
अत: गजल अहिले साहित्यमा सबभन्दा लोकप्रिय विधाका
रुपमा चिनिन्छ नेपाली साहित्य आकाशमा गजल भित्राउने श्रेय मोतिराम भट्टलाई जान्छ । गजलको परम्परागत मान्यताअनुसार श्रृगारिक
रसमा प्रेम र प्रेमिकाको वर्णन वा नारी जाति सँग सम्बन्धित विषयवस्तुलाई समेटेर त्यसबेला
गजल लेखिने गर्थे चाहे त्यो “दुई आँखि भौ त गयार छनतरवार पो किन चाहियो” होस् वा “यिनै सुन्दरीले मन हर्न लागे” भन्ने गजल होस् नारी जातिकै वरिपरि घुमेको पाईन्छ । गजल गेय विधा भएको कारणले हुन
सक्छ त्यसबेला त्यतिलोकप्रिय हुन सकेन र विस्तारै सुस्ताउँदै गयो । मोतिराम पछि गजलै
भनेर कसैले लेखेको तथा प्रकाशन गरेको केही बाहेक खासै पाईदैन र लामै समय सम्म सुस्ताई
रह्यो । लामोसमयको अन्तराल पछि परम्परागत श्रृगारिक धारालाई तोड्दै आधुनिक गजल लिएर देखापरे ज्ञानुवाकर पौडेल
। ज्ञानुवाकर सँगसँगै यहि यात्रामा देखा परे मनु ब्राजाकी, ललीजनरावल, कृष्णहरि बराल, घनश्याम परिश्रमि, बुँद राना लगायतका गजल हस्तीहरु, यहि यात्रालाई अंगालेर तपाई हामी पनि हिड्दैछौ । अहिले हामी २१ औं शताब्दिको मध्यतिर
छौं अबका गजलहरु जो कसैको फुस्रो वर्णनमा सिमित बन्नु हुँदैन । अब लेखिने गजलमा देशबोल्नुपर्छ, समाज बोल्नुपर्छ ।अबका गजलले परिवर्तनको
शंखघोष गर्नु पर्छ।अन्यायविरुद्ध ढाल बनेर निस्कनुपर्छ, विकृति विसंगतिको भण्डाफोर गर्नु
पर्छ ।
जुभामा काभ्रेली